४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ


२४ पुस २०८०, मंगलबार


पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूबाट प्रहरीले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगन्ज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिल-बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस