२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामपाटीको ३४ वर्षपछि छाना फेरियो

अ+ अ-

ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लाम पाटीलाई १९९० सालको भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार सांस्कृतिक महत्त्व बोकेको सम्पदा लाम पाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्‍याएपछि पुनः निर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो । पानी चुहिने समस्याका कारण पटक पटक मर्मत गरे पनि यसपटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिए । उनले भनिन्, ‘लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ । लामपाटीमात्र नभएर अन्य सम्पदाको छाना पनि फेर्नुपर्ने जरुरी छ ।’

दरबार क्षेत्रको लामपाटी नेवार समुदायले सामाजिक कार्यहरू गर्ने भए पनि हाल उक्त ऐतिहासिक सम्पदा लाम पाटीलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक परियोजनाको लागि भाडामा दिएको छ । ऐतिहासिक सम्पदा लाम पाटीमा रेष्टुरेन्ट र अन्य पसल सञ्चालनमा छन् ।

पानी चुहिने लाम पाटीमा वर्षात्को समयमा त्रिपाल राखिएको भए पनि हाल त्रिपाल हटाएर छाना फेरिएको छ । छाना फेरिए पनि भूकम्पले क्षति पुर्‍याउँदा लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लाम पाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले जनाए । उनले भने, ‘यदि झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण लाम पाटीमा प्रयोग गरेको धेरै झिङ्गेटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो ।

प्रतिक्रिया दिनुहोस