मोदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्री निलम्बित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्री निलम्बित


२३ पुस २०८०, सोमबार


काठमाडौँ । माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।

तीनै जनाले सामाजिक सञ्जाल एक्समा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट हटाएका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्स सरकारले मन्त्रीहरूलाई निलम्बन गरेको हो । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस