काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले टुटलका संस्थापक भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको अदालतले जनाएको छ ।
अदालतका अनुसार भट्टलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको हुँदा रिहा गर्न आदेश दिइएको हो।
आइतबार हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले उनलाई जिल्ला अदालत लगेको थियो।
बिहीबार साँझ आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी आरोपमा भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।