राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक बालुवाटारमा जारी


२२ पुस २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ । शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् । शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ ।

तर, ठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ ।राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसले गठबन्धनलाई आजै भागबन्डा टुङ्गो लगाउन दबाब छ ।

Tags :
प्रतिक्रिया दिनुहोस