राष्ट्रिय सभा निर्वाचन-दलहरूले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचन-दलहरूले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन


२१ पुस २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरूले बढी सिट मागेपछि कुरा नमिलेको हो ।

दलहरूले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन ‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ एक नेताले भने, ‘काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्य गरी कुरा मिलेन ।’ उनले जनमतले पनि एक सिट दाबी गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस