समाजवादी खस सङ्घ गठन गर्दै जसपा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

समाजवादी खस सङ्घ गठन गर्दै जसपा


२१ पुस २०८०, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले खस सङ्घ गठन गर्न लागेको छ । ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृ संगठनको रूपमा समाजवादी खस सङ्घ केन्द्रीय घोषणा गर्न लागेको हो ।

पार्टीले उक्त सङ्गठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरू दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो । पार्टीमा यस अघि यस खाले सङ्गठन बनाइएको थिएन ।

सातै प्रदेशका प्रतिनिधि दिउँसो १:३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरू उपस्थित रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस