कोरियन भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढी आवेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरियन भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढी आवेदन


२० पुस २०८०, शुक्रबार


ईपीएस कोरिया शाखाले भन्यो-फेक सूचनामा विश्वास नगर्नु

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् ।

शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस