मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने काँग्रेसको प्रस्ताव  « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने काँग्रेसको प्रस्ताव 


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले संवैधानिक परिषदबाट निर्णय लिने सन्दर्भमा मत बराबर भए परिषद्को अध्यक्ष (प्रधानमन्त्री)को मत दोब्बर मान्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव राखेको छ ।

प्रधानमन्त्रीको अध्यक्षमा रहने परिषदमा ६ जना सदस्य हुन्छन् । अध्यक्ष र बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने प्रस्ताव काँग्रेसको छ । ६ जनामा बहुमत ४ हुन्छ । ४ जना उपस्थित बैठकमा निर्णय लिन सदस्यहरूको मत बराबर भए अप्ठ्यारो हुन सक्ने भन्दै काँग्रेसले प्रधानमन्त्रीको मत दोब्बर मानेर निर्णय लिने प्रस्ताव प्रस्तावित विधेयकमा राखेको हो ।

नेपाली काँग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्य सुशीला थिङले संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि यस्तो संशोधन प्रस्ताव राखेकी हुन् ।

उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘बैठकमा अध्यक्ष र तत्काल बहाल रहेको कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ । तर, बैठकमा सदस्य संख्या बराबर भइ निर्णय लिन नसक्ने अवस्थामा सदस्यको भन्दा अध्यक्षको मतभार दोब्बर भएकोले अध्यक्षको मत निर्णायक मानिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस