भारतसँग भएका सम्झौताबारे जानकारी लिन कानुन समितिले बोलायो प्रधानमन्त्रीलाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतसँग भएका सम्झौताबारे जानकारी लिन कानुन समितिले बोलायो प्रधानमन्त्रीलाई


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

कानून न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए।

समिति सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेश मन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताहरूका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिइन् ।

सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हेर्ने क्षेत्राधिकार कानुन समितिको भएकाले त्यसबारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस