ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै कँडेलले कार्यभार सम्हालेकी छन् । 

यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो । उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस