गङ्गा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो : गोविन्द आचार्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गङ्गा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो : गोविन्द आचार्य


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा काम गरिरहेकी गङ्गा दाहाललाई पदबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी उनलाई असफल बनाउन खोज्नु हो भनेका छन् ।

उनले भने, ‘नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेकी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि नै उनको स्वकीय सचिवका रूपमा काम गर्नुभएकी उनकी छोरीले अहिले प्रधानमन्त्रीलाई सहयोग गरिरहेकाले उनलाई हटाउन खोज्नु स्वयम् प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो ।’

यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठेको भए पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीजीका छोरा र श्रीमतीको निधन भएको र उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट उहाँलाई सहयोग गर्ने पारिवारिक सदस्यका रूपमा गङ्गा नै हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रूपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन । यो त स्वयम् प्रधानमन्त्रीलाई नै असहयोग गर्नु हो र प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस