शिक्षा सुधारको माग गर्दै नेविसंघले मन्त्रीलाई बुझायो ज्ञापनपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षा सुधारको माग गर्दै नेविसंघले मन्त्रीलाई बुझायो ज्ञापनपत्र


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार नेविसंघका नेता कार्यकर्ताहरू सिंहदरवार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो ।

त्रिविलगायत देशभरका विश्वविद्यालयहरूमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको नेविसंघको ज्ञापनपत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस