एक अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोप लागेका फरार २ जना अदालतमा उपस्थित  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एक अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोप लागेका फरार २ जना अदालतमा उपस्थित 


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार दुई अभियुक्त जिल्ला अदालत कास्कीमा हाजिर भएका छन्।

सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालतमा उपस्थित भएका अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । 

अदालतले उनीहरूलाई कारागार चलान गर्ने कि तारेखमा छाड्ने भनेर मंगलबार नै थुनछेक बयान लिईएको थियो।

थुनछेक आदेश बुधबार आउने भएपछि उनीहरूलाई प्रहरी हिरासतमा पठाइएको सूचना अधिकारी अधिकारीले बताए । 

यो सहकारीले सर्वसाधारण बचतकर्ताको एक अर्ब ३१ करोड रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जना विरुद्ध मुद्दा दायर गरेको छ।

सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राइसहित १५ जना फरार छन्।

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस