इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु


१७ पुस २०८०, मंगलबार


गाजा स्ट्रिप । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ ।

यसैबीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले गाजामा युद्ध सुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस