चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे


१७ पुस २०८०, मंगलबार


फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

विगतका वर्षमा यस समयमा हिमपात हुने गर्थ्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए । पर्यटक नआएपछि यहाँका होटल-लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमुकाम फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् ।

चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरूको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए । गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए । शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलो पटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा धेरै आएका छन् । ‘

Tags :
प्रतिक्रिया दिनुहोस