वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन


१६ पुस २०८०, सोमबार


Gokulprashad-Pokhrel

काठमाडौँ । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए ।

गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।

एनपीआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो । उनले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहेको बताए ।

पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ ।

दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस