शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमतिमा जाऔँ : ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमतिमा जाऔँ : ‘प्रचण्ड’


१६ पुस २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले सुरुदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाएको बताए ।

उनले भने, ‘मैले सुरुदेखि नै घटनाक्रम जे जसरी गएपनि राष्ट्रिय सहमतिको वातावरण बनोस् भन्ने कुरा देशको सबैभन्दा ठूलो दलको नाताले। अब एक खालको सहमति गरेर शान्ति प्रक्रिया टुङ्ग्याउनु, त्यो भनेको राष्ट्रिय सहमतिबाटै टुङ्ग्याउनुपर्छ हामीले ।’ उनले संविधान कार्यान्वयन र विकासका चुनौतीलाई पनि राष्ट्रिय सहमतिबाटै जानुपर्ने बताए ।

उनले भने, ‘म जसरी प्रधानमन्त्री भएको भए पनि भागबन्डा गर्दा यो बिग सिक्स भनौँ राष्ट्रपति प्रधानमन्त्रीलगायतमा । मैले ठूलो पार्टी हुनुको नाताले काँग्रेसलाई राष्ट्रपति दिऔँ सहमतिमै त्यसले देशमा नयाँ सन्देश पनि जान्छ । हामी शान्ति सम्झौता हुँदै आएका दलहरूकाबीचमा एकता हुन्छ भन्ने सोचेकै थिएँ । तर, त्यसमा सहमति हुन सकेन । काँग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रिया सही ढङ्गले जाँदैन ।’

उनले विपक्षी दलको नेता केपी शर्मा ओलीले विकास, शान्ति र संविधान कार्यान्वयनको निम्ति, गणतन्त्रको निम्ति एकताबद्ध हुन तयार छु भन्नुले नयाँ सन्देश गएको बताए ।

‘प्रचण्ड’ले भने, आजको यो कार्यक्रममा देशभरी नयाँ सन्देश प्रवाह गर्‍यो राष्ट्रिय एकता र सहमति गरेर जनताको आशा अपेक्षा पूरा गर्न एकताबद्ध भएर सङ्कल्प गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस