वीरका बिरामीको खानाको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वीरका बिरामीको खानाको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर


१६ पुस २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालविरुद्ध सोमबार रिट दायर गरेका हुन्।

‘खाना, औषधि र अक्सिजन अस्पताल र अस्पतालमा भर्ना भएका बिरामीका लागि आधारभूत सुविधा हुन्। अस्पतालमा भर्ना भएको बिरामी भनेको दुनियाँकै कमजोर प्राणीको रूपमा रहेको हुन्छ। व्यक्ति बिरामी हुँदाको उद्देश्य स्वास्थ्यलाभबाहेक अरू हुँदैन। बिरामी भएको समयमा परिवार, अस्पताल र सरकारले सहयोगी र सहाराको भूमिका खेल्नुपर्दछ,’ रिट निवेदनमा भनिएको छ, ‘बिरामी व्यक्तिलाई उपचार गर्न अस्पताल ल्याइएपछि उपचारको प्रशासनिक व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी अस्पताल र सरकारको हो। बिरामीले अस्पतालबाट प्राप्त गर्नुपर्ने सबै उपचार र सेवा-सुविधा प्राप्त गर्ने अधिकार रहन्छ। सरकारले कुनै पनि अस्पतालमा खाना, औषधि, अक्सिजन, पानीजस्ता आधारभूत सुविधा कटौती गर्नु अमानवीय र आपराधिक कार्य हो।’

Tags :
प्रतिक्रिया दिनुहोस