बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ : गृहमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ : गृहमन्त्री


१६ पुस २०८०, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको बताए ।

उनले भने,सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ।

उनले मृतकको परिवारलाई १० लाख बाहेक थप आर्थिक सहयोग र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस