मन्त्री ज्वालाको जबरजस्ती र लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री ज्वालाको जबरजस्ती र लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : गगन थापा


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन् ।

सोमबार सिंहदरवारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबरजस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान गयो भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।

उनले काँग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए ।

उनले भने, ‘यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन् । यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस