काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रिय सभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।
काँग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । गठबन्धन दलहरू एकजुट भएर जान तयार भएपनि सिटको भागबन्डा अझै टुंगिएको छैन ।