२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको दाबी-‘देश डुब्नै लाग्यो’ भन्ने भाष्य चिर्न सफल भएँ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कार्यभार सम्हालेको पहिलो वर्षमा देश डुब्न लागेको भन्ने भाष्य चिर्न सफल भएको बताएका छन् । शुक्रबार चरिकोटमा दोलखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बन्दा अवस्था भयावह रहेको र त्यो अवस्थाबाट देशको अर्थतन्त्रलाई सकारात्मक विन्दुमा ल्याएको दाबी गरेका हुन् ।

‘म प्रधानमन्त्री बन्दा विदेशी मुद्रा सञ्चिति ३ महिनालाई पुग्ने थिएन, चारैतिर निराशामात्रै थियो,’ उनले भने, ‘यो देश अब फेरि उँभो लाग्दैन भन्ने भाष्य थियो, त्यही प्रचार भइरहेको थियो, त्यो भाष्य चिर्न सफल भएको छु ।’

अर्थतन्त्र सुधार भइरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘एक वर्षमा विदेशी मुद्रा सञ्चिति बढेर १४ महिनालाई पुग्ने भएको छ, रेमिट्यान्स ३० प्रतिशतले बढेको छ,’ उनले भने, ‘सुबै क्षेत्रका सहयोग भए अर्थतन्त्र लयमा फर्किन अब धेरै लाग्दैन ।’

उनले अब दोस्रो वर्ष अझै दृढताका साथ अघि बढ्ने बताए । ‘म दह्रो खुट्टामा टेकेर प्रधानमन्त्री बनेको हो, सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ अभियानको नेतृत्व गर्दैछु,’ उनले भने, ‘अब अर्को पटक अझ गम्भीरताका साथ अगाडि बढ्ने सङ्कल्प लिएको छु ।’

उनले चीन-नेपाल-भारत जोड्ने दोलखाका लप्ची नाकासम्म सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ योजना अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस