डेडिकेटेड फिडरको विवाद छिटो समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डेडिकेटेड फिडरको विवाद छिटो समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन सम्बन्धी विवाद छिटै समाधान गर्ने आश्वासन दिएका छन् ।

नेपाल उद्योग परिसंघको नेतृत्वमा भेट्न आएका उद्योगीहरूलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो आश्वासन दिएका हुन्।

संघका अनुसार विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण गर्नुअघि र २०७५ को सुरुमै लोडसेडिङ अन्त्य भइसके पछिको विद्युत् महसुल लिन नमिल्नुपर्ने आफूलाई पनि लागेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताएका छन् ।

यो विवादको समाधानका लागि मन्त्रिपरिषद्को तहबाट हुन्छ कि प्रधानमन्त्रीकै तहबाट आवश्यक निर्णय गरिदिन उद्योगीहरूले आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस