बालकुमारी घटनामा मेरो सम्बन्ध छैन, पिएसओले गोली चलाएको होइन : मन्त्री ज्वाला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बालकुमारी घटनामा मेरो सम्बन्ध छैन, पिएसओले गोली चलाएको होइन : मन्त्री ज्वाला


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको प्रष्ट पारेका छन् । उनले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए ।

केन्द्रीय समितिको बैठकपछि उनले भने, ‘बालकुमारी घटनामा मेरो कुनै सम्बन्ध छैन । मेरो पिएसओले गोली चलाउन त के कसैसँग कुराकानी समेत गरेको छैन । त्यसमा कुनै सरोकार पनि राखेको छैन । गाडी मन्त्रालयतिर जाँदै थियो । रोकियो हावा खुस्काएर आगजनी गरियो म यहाँ बैठकमा थिए ।’

उनले बिना कारण सरोकार नै नभएको विषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस