२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको दाबी : ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको उनको भनाइ छ । उनले भने, ‘अहिले मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । जसका कारण आर्थिक वृद्धिको ६ प्रतिशतको लक्ष्य पनि प्राप्त गर्ने सम्भावना देखिएको छ ।’

उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत उनले गरे ।

अर्थमन्त्री महतले तथ्यहरूलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढवा पाउने विश्वास समेत व्यक्त गरे ।

‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । सेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा सेयर र जग्गामा अत्यधिक कारोबार हुँदा खेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो । त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो । अब बिस्तारै पनि लय पक्रिँदै छ । र, राजस्व पनि बिस्तारै बढ्न थालेको छ,’ अर्थमन्त्री महतले भने ।

‘सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहिँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा गर्‍यो भने त्यसमा लाइक, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरूलाई सहजै विश्वास गरिँदैन । त्यस कारण अब यो कुरा जो तथ्य सामुन्ने छ । त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र, आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस