काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएपछि अवरुद्ध ग्वार्को-कोटेश्वर सडक सञ्चालनमा आएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले दिउँसो करिब १ बजे बालकुमारीमा सडकमै मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
अहिले स्थिति सामान्य अवस्थामा आएको र सडकमा सवारी साधनको आवतजावत पनि सामान्य बनेको प्रहरीले जनाएको छ ।
मन्त्रीको गाडीमा आगजनी गर्ने ५४ जना भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आगजनी भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र गोली चलाएको थियो।
घटनामा एक जनाको मृत्युसमेत भएको छ।
सम्बन्धित समाचार : बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर







