बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर


१३ पुस २०८०, शुक्रबार


balkumari-ghatana-Pradarshan

काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका दैलेखका २३ वर्षिय सुदन राउतको मृत्यु भएको हो । एक जना गम्भीर र एक जना सामान्य घाइते भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।

सम्बन्धित समाचार : मन्त्री ज्वालालाई निकालेर ईपीएस आन्दोलनकारीले जलाए गाडी

सम्बन्धित समाचार : सरकारलाई गाली गर्दै गाडीमा आगजनी गरे : मन्त्री ज्वाला

सम्बन्धित समाचार : मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस