सरकारलाई गाली गर्दै गाडीमा आगजनी गरे : मन्त्री ज्वाला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारलाई गाली गर्दै गाडीमा आगजनी गरे : मन्त्री ज्वाला


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले सरकारलाई गाली गर्दै घेरा हालेर गाडीमा आगजनी गरेका हुन् ।

क्वाटरबाट मन्त्रालय आउने क्रममा बालकुमारीमा गाडीमा आगजनी भएको ज्वालाले बताए । ‘क्वाटरबाट मन्त्रालय जाँदै थिए । जाने क्रममा बालकुमारीमा गाडी घेरा हाले । मैले सम्झाउने प्रयास गरे । म बाटोमै हिँडी रहेको छु मन्त्रालय जाँदै छु’,  प्रशासनसँगको कुराकानीमा उनले भने, ‘सरकारलाई गाली गर्दै घेरा हाले । पछि म गाडीबाट निस्किए । पछि टायरको हावा फुस्काएछन्  र आगजनी गरेछन् ।’

के विषयमा आगजनी भएको भन्नेबारे जानकारी नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस