दुई वर्षिया बालिका ३६ घण्टामा अपहरण मुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई वर्षिया बालिका ३६ घण्टामा अपहरण मुक्त


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । सिन्धुपाल्चोक घर भई भक्तपुर गोठाटार बस्ने दुई वर्षिया बालिकालाई प्रहरीले अपहरण मुक्त गराएको छ ।

मङ्गलवार काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकालाई अपहरण भएको ३६ घण्टाभित्र अपहरण मुक्त गराएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको सूर्यबिनायक नगरपालिका बालकोट पानीटंकीबाट बिहीबार सकुशल उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको हो ।

अपहरण कार्यमा संलग्न रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक बालकोट पानीटंकी बस्ने बर्ष ३७ को राज नेपाललाई पक्राउ गरी थप अनुसन्धान एंवम कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएकाे रेग्मीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस