२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा, लोसपा, जनमत र नाउपालाई मधेस सङ्घर्षमा आउन राजेन्द्र महतोको आग्रह

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेसवादी दलहरू सत्ताको सुखमा बस्न नहुने बताएका छन्।

उनले मधेसवादी चार दल सङ्घर्षमा आउनुपर्ने बताएका हुन्।

सप्तरीको राजविराजमा मङ्गलवार भएको पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, ‘मधेसवादी पार्टी लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सत्ता सुखमा बस्ने होइन। सङ्घर्षमा आउनुपर्‍यो।’

मधेसको हितका लागि आफू मेची–महाकाली आन्दोलनमा हिँड्न लागेको उनको भनाइ छ। ‘सत्ता सुखमा बसेका मधेसवादी दल मधेस सङ्कटमा पर्दा सङ्घर्षमा आएनन् भने जनताले तानेर ल्याउँछन्, जनतामा त्यो तागत छ,’ उनले भने।

मधेस आन्दोलनका आन्दोलनकारीलाई आजीवन कारावासको आदेश भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

‘मधेस आन्दोलनलाई यसरी अपराधीकरण र दण्डित गर्न मिल्दैन,’ उनले भने, ‘मधेस आन्दोलन गर्दै नगर। अधिकारका लागि नलड भन्नु मान्य छैन। यो देशमा कति आन्दोलन भयो, कहाँ कसलाई आजीवन कारावास भयो ? मधेसी जनतालाई मात्रै आजीवन कारावास हुनुपर्ने हो ? गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा पनि पुलिस मरेको थ्यो, माओवादीकोमा हजारौँ मानिस मारियो त्यो राजनीतिक घटना भयो ? यो अधिकार पहिचान आन्दोलनमाथि अत्याचार हो।’

लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सङ्घर्ष र आन्दोलन गर्न तयार नदेखिएको उनले बताए। मधेस आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको भन्दै उनले त्यसका लागि सङ्घर्ष गर्नुपर्ने बताए।

‘लोसपा आन्दोलन गर्न तयार भएन। म लोसपाकै सदस्य छु। मधेसमा अत्याचार हुँदा सत्तामा बस्नु हुन्न,’ अध्यक्ष ठाकुरलाई लक्षित गर्दै उनले भने, ‘महन्थ ठाकुर काँग्रेसबाट आएका होलान् तर लोसपा मधेसवादी पार्टी हो। दर्जनौँ मधेसवादीलाई उहाँले लोसपाको केन्द्रीय समितिबाट निकाल्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस