९ वटा माछा-मासु पसल अनुगमन गर्दा ६ वटामा कैफियत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ वटा माछा-मासु पसल अनुगमन गर्दा ६ वटामा कैफियत


९ पुस २०८०, सोमबार


बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भएको अनुगममा ६ वटा माछा-मासु पसलमा कैफियत देखिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टोलीले जमुनाह र धम्बोजी आसपासका  ९ वटा  माछा-मासु पसलको आकस्मिक अनुगमन गर्दा ६ वटामा कैफियत पाइएको हो । कैफियत पाइएका पसललाई जरिवाना समेत गरिएको छ । बिल-बिजक बिना कारोबार गरेको मो.सरिफ फ्रेस हाउसलाई बिस हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

उक्त पसलबाट खान अयोग्य रहेको खसिको मासु ७ किलो, कुखुराको मासु ३.८ किलो जफत गरी नष्ट गरिएको छ छ । बिल-बिजक नभएकोले अल्लाह बिष्मिल्लाह फ्रेस हाउसलाई दश हजार रुपैयाँ जरिवाना गरिएको छ । सुफियाना फ्रेस हाउसलाई बिल-बिजक नभएकोमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । मंगुर माछा ३ किलो, खान अयोग्य कुखुराको मासु २.५ किलो र माछा २९ किलो जफत गरी नष्ट गरिएको छ ।

हाम्रो फ्रेस हाउसलाई बिल-बिजक बिना कारोबार गरेकोले बिस हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलबाट खान अयोग्य खसिको मासु ११ किलो र कुखुराको मासु ३.५ किलो नष्ट गरिएको छ ।

अनुगमन टोलीलाई देखेर जमुनाह इलाकाका २ खुल्ला  बिक्रेता फरार भएका छन् । बिक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार बिक्री स्थलमा रहेको ८ हजार २ सय ८० रुपैयाँ नगद, नोकिया मोबाइल सेट –१ र माछा काट्ने औजार, ढक तराजु २ थान बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस