पुनः कोरोना सङ्क्रमण फैलिने खतरा, सुदूरपश्चिममा सात जनामा पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पुनः कोरोना सङ्क्रमण फैलिने खतरा, सुदूरपश्चिममा सात जनामा पुष्टि


९ पुस २०८०, सोमबार


काठमाडौँ । पछिल्लो समय कोरोना सङ्क्रमण पुनः फैलिने खतरा बढेको छ । केही दिनयता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको त्रिनगर हेल्थ डेस्कले जनाएको छ ।

अहिलेसम्म भारतबाट आएका सात जनामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ । सात जनामध्ये बाजुरा र अछामका १-१, कञ्चनपुरका ३ र कैलालीमा २ जना रहेका छन् । भारतबाट आउनेहरूमध्ये अधिकांश बेङ्लोरबाट आउनेहरूमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्यकस्वास्थकर्मिहरूको भनाई छ ।

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस