कर्मचारीको के तरिका हो यो ? : प्रधान न्यायाधीश श्रेष्ठ  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्मचारीको के तरिका हो यो ? : प्रधान न्यायाधीश श्रेष्ठ 


८ पुस २०८०, आइतबार


काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कर्मचारीको तरिका यही हो ? भन्दै प्रश्न गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधान न्यायाधीश श्रेष्ठले सो आपत्ति जनाएका हुन् ।

प्रमुख अतिथिका रूपमा उपस्थित प्रधान न्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक गरेपछि प्रधान न्यायाधीश श्रेष्ठ रिसाएका हुन् । 

प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस् । प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको ? कर्मचारीको के तरिका हो यो ? अनुशासन भन्ने हुँदैन ?’ 

कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस