राजेन्द्र लिङ्देनगायतका नेताहरु हङकङ प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र लिङ्देनगायतका नेताहरु हङकङ प्रस्थान


७ पुस २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा उनी शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन् ।

हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस