अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ : शेरबहादुर देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ : शेरबहादुर देउवा


७ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे।

उनले अहिलेको बेला सबैले मिलेर र खास गरी काँग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए। उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताए।

उनले भने, ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा सङ्कटमा उभिएको छ। अहिलेको बेला हामी सबैले मिलेर काँग्रेसले खास गरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।’

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस