राष्ट्रपति पौडेल आज विराटनगर जाँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेल आज विराटनगर जाँदै


७ पुस २०८०, शनिबार


विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाने भएका छन् ।

शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।

राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस