सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका स्वीकृत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका स्वीकृत


५ पुस २०८०, बिहिबार


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो। उक्त निर्देशिका सामाजिक समितिबाट पेश भएको थियो।

यसैगरी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। राष्ट्रिय जनगणना, २०७८ को कूल जनसङ्ख्याको ०.५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक)लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै सामाजिक समितिबाट पेश भएका अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ ‍पनि स्वीकृत भएको छ। बैठकले राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस