काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउसो ३ बजेका लागि बोलाइएको भए मन्त्रीहरू आउने क्रम जारी छ ।
एक मन्त्रीले प्रशासनलाई दिएको जानकारी अनुसार बैठकमा केही सचिव सरुवा र मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ ।