प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि


५ पुस २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदै छ । १४ दिनसम्म चल्ने प्रतियोगिताका ३२ खेल कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।

राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् । अघिल्ला संस्करणमा सहभागी टोलीलाई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । यसपटक भने एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसामने हुनेछन् ।

मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टी-२० ढाँचामा सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस