एनसेलले प्राधिकरणमा बुझायो सेयर खरिद सम्झौताको दस्ताबेज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एनसेलले प्राधिकरणमा बुझायो सेयर खरिद सम्झौताको दस्ताबेज


४ पुस २०८०, बुधबार


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्ताबेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।

एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले प्रशासनलाई बताए ।

कागजात प्राप्त भएको र प्राधिकरणले सोबारे थप अध्ययन गर्ने उनको भनाई छ ।

गएको २९ सेप्टेम्बर २०२० (१२ असोज २०८०) मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसबारे कम्पनीले कुनै पनि जानकारी दिएको थिएन ।

१३ मंसिर (२९ नोभेम्बर)मा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको सेयर बिक्रीमा राखेको विषय बाहिरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस