काठमाडौँ प्रशासनले लम्ब्यायो निषेधित क्षेत्रको अवधि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ प्रशासनले लम्ब्यायो निषेधित क्षेत्रको अवधि


४ पुस २०८०, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रको अवधि लम्ब्याएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकिएको हो।

यसअघि प्रशासनले मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो।

प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरवार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो।

गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेकपा एमाले निकट युवा सङ्घले गरेको कार्यक्रममा दङ्गा नहोस् भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो।

युवा सङ्घको एक दिने कार्यक्रम थियो। दुर्गा प्रसाईँले पनि केही दिन प्रदर्शनलाई निरन्तरता दिए पनि पछिल्लो समय रोकिएको छ। तर प्रशासनले बुधबार पुनः निषेधित क्षेत्र लम्ब्याएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस