पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज


४ पुस २०८०, बुधबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । 

कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो । 

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस