चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो


४ पुस २०८०, बुधबार


चीन। चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो । भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान-डोङ्सिआङ-सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस