सिंहदरवारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक जारी  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सिंहदरवारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक जारी 


४ पुस २०८०, बुधबार


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरवारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो ।

अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुनर्निर्माण गरेको हो । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस