बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते


४ पुस २०८०, बुधबार


काठमाडौँ । बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस