मंसिर महिनामा मात्रै बाहिरिए ७१ हजारभन्दा बढी नेपाली  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मंसिर महिनामा मात्रै बाहिरिए ७१ हजारभन्दा बढी नेपाली 


३ पुस २०८०, मंगलबार


वैदेशिक भ्रमण

काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।

मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । म्यानपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ म्यानपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् । त्यस्तै मंसिर महिनामा सरकारले   नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस