१४४ प्रतिशतले वृद्धि भयो नेपाल एयरलाइन्सको आम्दानी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१४४ प्रतिशतले वृद्धि भयो नेपाल एयरलाइन्सको आम्दानी


३ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको आम्दानी वृद्धि भएको छ ।

निगमको आम्दानी गत तिन वर्षमा दोब्बर भन्दा बढिले वृद्धि भएको महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

निगमले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यस तर्फ आवश्यक कार्य योजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’

निगमको कुल आम्दानी आ.व २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५, ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३, ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको निगमले जनाएको छ । निगमको आम्दानी ३ वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस