नेपाली विद्यार्थीलाई रोजगारीमै लैजान इजरायल सरकारले गर्‍यो प्रस्ताव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली विद्यार्थीलाई रोजगारीमै लैजान इजरायल सरकारले गर्‍यो प्रस्ताव


३ पुस २०८०, मंगलबार


काठमाडौँ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ ।

आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रूपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कृषि अध्ययन अन्तर्गत इजरायलमा लर्न एण्ड अर्न (सिक र कमाऊ) कार्यक्रम अन्तर्गत गएका विद्यार्थी छोटो अवधि काम गरेर नेपाल फर्किने गरेका थिए । फर्केकामध्ये इच्छुक विद्यार्थीहरूलाई श्रम स्वीकृति दिएर पठाउन प्रस्ताव गरेको मन्त्रालयको भनाई छ ।

तर इजरायलमा हाल युद्ध नरोकिएका कारण तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा छलफल गर्नुपर्ने छ । मन्त्रालयका अनुसार इजरायलबाट सुरुमा एक हजार श्रमिकको माग भएको छ । पछि यो संख्या बढाउन सक्ने पनि जनाइएको छ ।

गत ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्, त्यस्तै ४ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस