आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री


३ पुस २०८०, मंगलबार


काठमाडौँ । इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए ।

कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद गरेको हो । उनीमाथि तीनवटा फ्रेन्चाइजले बोली लगाएका थिए । अन्तमा सनराइजेजले बाजी मार्‍यो । यससँगै कुमिन्स आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी बन्न सफल भए ।

कुमिन्सको बेस प्राइस २ करोड भारु थियो । सबैभन्दा पहिले चेन्नइ सुपर किङ्स र त्यसपछि मुम्बई इन्डियनले उनीमाथि बोली लगायो । सीएसकेले ४.८ करोड बोलेको थियो ।

यसअघि सबैभन्दा बढी मूल्यमा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनीगत वर्षको संस्करणमा १८.५ करोड भारुमा बिकेका थिए । त्यसपछि प्रतिस्पर्धामा रोयल च्यालेन्जर भित्रियो । उसले ५ करोड बोल्यो । उनीहरुबीच होडबाजी चल्दै जाँदा सनराइजर हैदराबादले ८.४ करोड बोल्यो । तर, फ्रेन्चाइजीहरु यतिमा रोकिएनन् ।

अन्तिम प्रतिस्पर्धा आरसीबी र सनराइजेजबीच भयो । अन्ततः सनराइजेजले २०.५० करोड मूल्यमा वर्ल्डकप विजेता कप्तानलाई आफ्नो टीममा भित्र्याउन सफल भएको हो ।

आइपिएलमा यसअघि सबैभन्दा महँगो रकममा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनी गत संस्करणमा १८.५ करोडमा बिकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस